मेरो माइक्रोफाइनान्सको योजना तर्जुमा गोष्ठी सम्पन्न

860
views

काठमाडौँ । नुवाकोट जिल्लाको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आ. व. २०७४÷७५ को कार्यक्रम समीक्षा तथा आगामी वर्षको योजना तथा बजेट तर्जुमा गोष्ठी सकिएको छ ।

चितवनको सौराहामा शुरु भएको उक्त गोष्ठीको समुद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गर्नुभएको थियो । उक्त गोष्ठीमा संस्थाका निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, योजना विभाग प्रमुख राजु प्रसाद पुडासैनी बित्त विभाग प्रमुख बद्री प्रसाद अधिकारी, कर्जा विभाग प्रमुख शेर बहादुर गुरुङ, जनशक्ति तथा कार्यसञ्चालन विभाग प्रमुख बिजेन्द्र चौधरी लगायत विभागीय प्रमुख तथा अधिकृतहरु, कर्पोरेट कार्यालयका कर्मचारीहरु, अनुगमन कार्यालय र शाखा कार्यालयका प्रमुखहरु गरी करीब १०० जनाको उपस्थिति रहेको छ ।

४ दिनसम्म चलेको उक्त गोष्ठीमा चालु आ.व. को प्रगति समीक्षा, आगामी आ.व. को कार्यक्रम योजना तथा बजेट तर्जुमा गर्ने कार्यक्रम सम्पन्न भएके थियो ।
त्यसैगरी जेष्ठ १३ र १४ गते नेपाल बीमक संघको सहकार्यमा सम्पूर्ण सहभागीहरुलाई लघुबीमा सम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको थियो ।

संस्थाले हालसम्म देशमा विभिन्न ४६ जिल्लाहरुमा ७६ वटा शाखा कार्यालयहरु मार्फत ७२ हजार बिपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेकोमा आगामी वर्ष थप ५ जिल्लामा कार्यक्षेत्र बिस्तार गर्ने र नयाँ १० शाखा थप गरी जम्मा १ लाख सदस्यहरुलाई सेवा दिने लक्ष्य लिएको छ ।

ग्राहकमुखी सेवा र कर्मचारी–मैत्री प्रशासनको नीति अनुरुप आगामी वर्षमा संस्थाले ने.रा. बैंकको निर्देशन बमोजिम देशका वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा शाखाहरु खोली सेवा दिने, सेवाग्राहीहरुका लागि लघुबीमा सहितको पूर्ण लघुवित्तीय सेवा प्रदान गर्ने, भाखा नाघेको कर्जा शून्य गर्ने र सो को लागि कर्मचारी क्षमता अभिबृद्धिका थप कार्यक्रमहरु समेत गर्ने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताउनुभएको छ ।

कार्यक्रममा सहभागी शाखा प्रबन्धकहरुले शाखाको बार्षिक प्रगति, शाखा ब्यवस्थापन सम्बन्धि सवालहरुको साथै आगामी बर्षको मुनाफा, निक्षेप तथा कर्जा र ब्यवसाय बिस्तार सम्बन्धि कार्य योजना प्रस्तुत गरेका थिए ।