‘सरकारी नुनले झ्याँकेका कर्मचारीलाई गणतन्त्र दिवस’

1347
views

पर्वत, १५, जेठ । ११ औं गणतन्त्र दिवस पर्वतमा आलोचनायुक्त बनेको छ । गणतन्त्र दिवसमा जनप्रतिनीधि समेत सहभागी नभएको भन्दै आलोचना गरिएको हो ।

फोटो व्यवसायि राजन गुरुङ पर्वतमा मनाईएको गणतन्त्र दिवसलाई व्यङ्ग गर्दै आफ्नो स्टाटसमा तस्विर सहित लेख्छन् ‘गणतन्त्र दिवस रे’ न कुनै स्थानिय निकायका जनप्रतिनिधि छन् न कुनै राजनीतिक दलका प्रतिनिधि, बिचरा सरकारका नुनले झ्याँकेका कर्मचारीहरुको मात्र रहेछ कि क्या हो गणतन्त्र दिवस ? भाषणमा त हामीले ज्यानको बलिदान दिएर ल्याएको गणतन्त्र भन्थे त !

एकाविहानै प्रभात फेरीमा गणतन्त्रको व्यानर सहित सडकमा ओर्लेका कर्मचारी तथा सुरक्षाकर्मी बाहेक कसैको सहभागिता थिएन् ।

राजधानीमा प्रधानमन्त्रीले गणतन्त्र कसैले सापटी नदिएको र नागरिकहरुको बलिदानले आएको उपलब्धी भएको बताईरहँदा पर्वतमा गणतन्त्र दिवस मनाउन गृह मन्त्रालयको सूचना नै ढिला आएको थियो ।

स्थानीय विकास अधिकारी विष्णु प्रसाद भुसालले गृह मन्त्रालयको आदेश नै ढिला आएका कारण गणतन्त्र दिवसमा सबैलाई खबर गर्न नसकिएको जानकारी दिए । भुसालले गणतन्त्र दिवसमा मात्रै नभई अन्य दिवसहरुमा पनि नागरिकहरुको खासै सहभागिता नहुने गरेको बताए ।

पर्वतका राजनीतिक दलहरुले समेत गणतन्त्र दिवस मनाउने सन्दर्भमा खासै चासो देखाएको पाइएन् ।