१३ खर्ब १५ अर्बको बजेट

833
views

काठमाडौँ, १५, जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५ र ७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गरेका हुन् ।

सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य लिएको छ । प्रत्येक वर्षको जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रसेवक कर्मचारीको भत्ता बढ्यो, तलब बढेन्
अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेटमा राष्ट्रसेवक कर्मचारीको मंहगी भत्ता २ हजार रूपैयाँले बढेको छ । प्रस्तुत बजेटमा कर्मचारीको तलब भने बढाइएको छैन् । ‘राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक पुनरावलोकनका लागि एक अध्ययन समिति गठन गरिनेछ’, अर्थमन्त्री खतिवडाले भनेका छन्। कर्मचारीको विमा भने बढाएर २ लाख पुर्याइएको छ । बजेटमा शिक्षकको पोशाक भत्ता बढाएर १० हजार पुर्याइएको छ ।