आदर्श माविमा अभिमुखिकरण तालिम सम्पन्न

591
views

पर्वत,१५ जेठ । नेपाल स्काउटको आयोजनामा नुवाकोटको ककनि अन्तराष्ट्रिय स्काउट तालिम केन्द्रमा जेठ १६ गतेदेखि २१ गते सम्म हुने तेश्रो राष्ट्रिय ज्याम्बोरी– २०७५ मा सहभागि हुने स्काउटरका लागि एकदिने ज्याम्बोरी अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

नेपाल स्काउट पर्वतका जिल्ला आयुक्त डा. चुडामणि शर्माले निर्देशन सहित विद्यार्थीहरुलाई सम्बोधन गरेका थिए भने अभिमुखिकरण तालिम आदर्श मा.वि.का स्काउट संरक्षक हिम बहादुर पौडेलले प्रदान गरेका थिए । कार्यक्रममा सहभागि विद्यालयका संरक्षकहरु इन्द्रमान खत्रि, बसन्त कुमार कर्माचार्य, उज्वल अधिकारी तथा कन्टेण्जेन्ट लिडर जलन केसी, स्काउट शिक्षक र विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन आदर्श मा.वि.का कमल थापाले गरेका थिए ।

उक्त ज्याम्बोरीमा आदर्श आर्दश अंग्रेजी आवासिय मावि, नमुना अंग्रेजी आवासिय मावि, कालिगण्डकी एकेडेमि अंग्रेजी आवासिय मावि, र गुरुकुल अंग्रेजी आवासिय माविका बिस जना स्काउटर, ४ जना स्काउट शिक्षक, १ जना कन्टेन्जेन्ट लिडर, ४ जना स्काउट संरक्षक र जिल्ला आयुक्त गरि ३० जनाको सहभागिता रहने र जेष्ठ १५ गते ककनि जाने तयारी रहेका जानकारी गराइएको थियो । 

उक्त कार्यक्रमको समापन पश्चात नेपाली सेनाद्वारा राष्ट्रिय सेवा दल (एनसिसि) ४५ औं व्याचमा सम्मिलित हुन चाहने विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । केवलजगं गुल्म पर्वतका गुल्मपति सेनानी सुरेन्द्र योगिले एनसिसिको बारेमा जानकारी दिँदै यस तालिमको उपयोगिता, प्रकृया, व्यवस्थापनको बारेमा जानकारी दिर्दै १६ गते देखि छर्नौट प्रक्रिया सुरु हुने र सबै तयारी पूरा भई सके पश्चात असारमा प्रथम प्रवचन गरी तालिम सञ्चालन हुने जानकारी गराएका थिए ।

नेपाली सेना २३ नंं. बाहिनिका चिकित्सकबाट तालिम लिन इच्छुक विद्यार्थीको स्वास्थ्य परिक्षण गरिने तथा अन्य इच्छुक अभिभावकहरुले समेत स्वास्थ्य परिक्षण गराउन सक्ने कुराको जानकारी गुल्मपति सेनानी सुरेन्द्र योगिबाट जानकारी भएको थियो । अभिमुखिकरण कार्यक्रममा स्वागत गदै विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्री, विद्यालयको जुनियर डिभिजन एनसिसि ४२ औ व्याच सर्वप्रथम भई विद्यार्थी प्रविन्ता चामलिड राई वगंलादेशको राष्ट्रिय दिवसमा भाग लिने अवसर प्राप्त भएको थियो । ४३ औं ब्याचमा पनि ट्रुप प्रथम भएको जानकारी गराएका थिए ।