यी हुन् दुनियाँका टपटेन स्मार्टफोन कम्पनीहरु

1192
views

विश्व स्मार्टफोन बजारमा यो वर्ष नयाँ बादशाहले पुनरागमन गरेको छ । पाँच वर्षसम्म दोश्रो स्थानमा रहन बाध्य एप्पल पहिलो स्थानमा उक्लिएको छ भने सामसुंगको पाँच वर्षको लगातारको साम्राज्य तोडिएर दोश्रो स्थानमा झरेको छ । यी दुई कम्पनीका अतिरिक्त दुनियाँका टपटेन प्रविधि कम्पनीहरु यी हुन्

१. एप्पल
आइफोन निर्माता कम्पनी एप्पलले ५ वर्षपछि दुनियाँको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको रुपमा पुनरागमन जनाउँदा यसको आइफोन सेभेन र आइफोन सेभेन प्लसको सफलता सबैभन्दा ठूलो कारण बन्यो । सन् २०१६ को चौथो त्रैमासिकमा यी दुई फोनको बिक्रिका कारण एप्पलको नतिजा निकै बलियो बनेको भए पनि वर्षभरीको तथ्यांकमा भने आइफोनको बिक्री ७ प्रतिशतले घटेको थियो । एप्पललको पछिल्लो त्रैमासिकमा मात्र ७ करोड ८३ लाख आइफोन बिक्री र्गयो । आइफोन सेभेन आइफोनका अघिल्ला संस्करणको तुलनामा खासै भिन्न डिजाइनमा नभएपनि बढी क्षमतायुक्त प्रोसेसर, शक्तिशाली क्यामरा, पानीप्रतिरोधी गुण र नयाँनयाँ रंगमा उपलब्ध भएकाले उपभोक्ताको रोजाइमा पर्न सफल भयो ।

२. सामसुंग
गत वर्षभन्दा स्मार्टफोन बिक्रीमा ५ दशमलव २ प्रतिशतको गिराबट बेहोर्नु परेपछि सामसुंग विश्व स्मार्टफोन बजारमा दोश्रो स्थानमा झर्नुर्पयो । सन् २०१६ को चौथो त्रैमासिकमा उसले ७ करोड ७५ लाख गोटा स्मार्टफोन बेच्न सफल भयो । जबकि सन् २०१५ को सोही त्रैमासिकमा उसले ८ करोड १७ लाख गोटा स्मार्टफोन बेचेको थियो । सन् २०१६ को वर्षभरी गरी सामसुंगले विश्वभर ३१ करोड १४ लाख गोटा स्मार्टफोन बेचेको छ,जुन सन् २०१५ को तुलनामा ३ प्रतिशत कम हो । नोट सेभेनको असफलता तथा चिनियाँ सस्तो स्मार्टफोनको दबावका बीच सामसुंगले आफ्नो ग्यालेक्सी एस सेभेनको सफलता र जे सिरिजका स्मार्टफोनको लोकप्रियताका कारण बजारमा टिकिरहेको छ ।

३. हुवाबे
विश्वव्यापी बजार हिस्साको दृष्टिले चिनियाँ स्मार्टफोन कम्पनी हुवाबेले तेश्रो स्थान हासिल गरेको छ । सन् २०१६ को दोश्रो त्रैमासिकबाटै विश्व स्मार्टफोन बजारमा १०.६ प्रतिशत सहित दोहोरो अंकको हिस्सा कायम गर्न सफल हुवाबेले गत वर्षको चौथो त्रैमासिकमा ४ करोड ५४ लाख गोटा स्मार्टफोन बेच्न सफल भयो । वर्षभरीमा गरी उसले १३ करोड ९० लाख भनदा बढि स्मार्टफोन बेच्यो, जुन अघिल्लो वर्षको तुलनामा ३०.२ प्रतिशत बढी हो । हुवाबेका पि सिरिजका साथै अनर सब ब्राण्डका स्मार्टफोनले चिनियाँ बजारका साथै एसिया र अन्य मुलुकका बजारमा राम्रो प्रभाव जमाइरहेका छन् । कम्पनीले अब अमेरिकामा पुग्न योजना बनाइरहेको छ ।

४. ओप्पो
स्मार्टफोन बिक्रीमा वाषिर्क १ सय प्रतिशत भन्दा धेरैको वृद्धि हासिल गर्दै चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पो विश्व स्मार्टफोन मार्केटको चौथो स्थानमा उक्लिएको छ । ओप्पोले गत वर्षको चौथो त्रैमासिकमा ३ करोड १२ लाख गोटा स्मार्टफोन बेचेको छ जुन अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ११७ प्रतिशतले बढी हो । वर्षभर कम्पनीले चीन बाहिर आफ्नो बजार विस्तार गर्ने प्रयास गरिरह्यो । तिव्र मार्के्टिंग तथा नयाँ प्रडक्ट लञ्च गरिरहने रणनीतिका कारण उसले दक्षिण पूर्वी एसिया तथा भारतीय बजारमा राम्रो पकड कायम गर्न सफल भयो । ओप्पो मध्यपूर्वका बजारमा समेत विस्तार भैसकेको छ ।

५. भिभो
पछिल्लो त्रैमासिकमा २ करोड ४७ लाख स्मार्टफोन बिक्री गरी चिनियाँ स्मार्टफोन ब्राण्ड भिभो पाँचौ स्थानमा छ । स्मार्टफोनको बिक्रिको उक्त तथ्यांक अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा १०३ प्रतिशत बढी हो । भिभोका अधिकांस स्मार्टफोन चिनिया बजारमै खपत भएका भएपनि यसले चीन बाहेका एसियाली बजारमा आफ्नो प्रभाव जमाउने क्रम सुरु गरिसकेको छ ।

६. वनप्लस
चिनियाँ स्मार्टफोन वनप्लस वास्तवमा फ्लागसिप किलर्सका रुपमा बजारमा आएको छ । यो विश्व स्मार्टफोन बजारको छेटौँ स्थानमा रहेको छ ।

७.साओमी
साओमीले गतवर्ष भारतीय स्मार्टफोन बजारमा पुनरागमन र्गयो । योसँगै साओमी विश्व स्मार्टफोन बजारको सातौँ स्थानमा परेको छ ।

८. लेनोभो

चाइनिज स्मार्टफोन मेकर लेनोभोले गत वर्ष आफ्नो पाचौँ स्थान गुमाउँदै आठौँ स्थानमा झरेको छ । कम्पनीले हालै विश्वकै पहिलो गुगल ट्यांगो स्मार्टफोन लञ्च गरेको छ ।

९. एलजी
दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी एलजीले गत वर्ष आफ्नो बहुप्रचारित स्मार्टफोन एल जी जि फाइभ लञ्च र्गयो । तर उक्त स्मार्टफोनले खासै सफलता प्राप्त गर्न भने सकेन ।

१०. सोनी
विश्व स्मार्टफोन बजारको दशौँ स्थानमा रहेको जापानी कम्पनी सोनीले हालै एक घोषणा गरेको छ कि उसले अब भारतीय बजार तथा अन्य केही सिमित देशहरुमा आफ्नो प्रिमियम स्मार्टफोन मात्र बिक्रि गर्नेछ । सोनीले हालै एक्सपेरिया एक्स सेभेन स्मार्टफोन लञ्च गरेको थियो ।