मोदिमा साहित्यकारहरुको जमघट

1145
views

निर्मल पौडेल
पर्वत १७ जेष्ठ । पर्वतको मोदि गाउँपालिकामा साहित्यकारहरुको जमघटसंगै रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । मोदि गाउँपालिकाको व्यवस्थापन र प्रगतिशिल लेखक संघ पर्वतको संयोजनमा साहित्यकारहरुको जमघट भएको हो । कार्यक्रममा साहित्यमा रुचि राख्ने र सिर्जना गर्ने जिल्लाका साहित्यकार लेखक सर्जकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठ, पर्वत साहित्य संगम पर्वतका संस्थापक वरिष्ठ साहित्यकार इन्द्रकुमार विकल्प, प्रगतिशिल लेखक संघ पर्वतका अध्यक्ष अर्जुन पौडेल निर्जन, साहित्यकार भुमिराज शर्मा, प्रलेस सचिव सचिव किशोर मनस्वी, नमुना साहित्यक मञ्च तथा धौलागिरी कला तथा साहित्य मञ्चका संस्थापक सल्लाहकार निर्मल पौडेल एन पि घायल, वुद्दिप्रसाद तिवारी, यमप्रसाद शर्मा, विमलराज मायालु, दिपेश शर्मा, धर्म प्रसाद पौडेल, पत्रकार महेन्द्र केसी,महेन्द्र जिसी,विकास तिमिल्सना, रिता थापा, कुलप्रसाद शर्मा त्यस्तै विधार्थीहरु करिना पौडेल, रोशन शर्मा, लविस एसी, साजन कुवँर, सरोज शर्मा, रोजिना भुषाल, समिपा अधिकारी, प्रज्वल केसी, विपना विक, गोमा कुवँर लगायतले आफ्ना रचना वाचन गरेका थिए ।

जिल्लाका दर्जन भन्दा वढि विधालयका शिक्षक तथा विधार्थीहरु त्यस्तै मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत, प्रखर युवानेता विमल लामिछाने, मोदी गाउँपालिकाका अन्य समाजसेवी वुद्धिजीवी , अधिकारकर्मी, पत्रकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन प्रगतिशिल लेखक संघ पर्वतका सचिव किशोर मनस्वीले गरेका थिए । कार्यक्रममा साहित्यकारहरुले गणतन्त्र आएको एकदशक माथि लाग्दापनि मुलुकले चाहेअनुसारको प्रगति नपाएको बताएका थिए । त्यस्तै साहित्य नै समाज परिवर्तनको मुल संवाहक भएकोले साहित्यिक कार्यक्रमलाई हरेक पालिका र वडाहरुले आयोजना गर्नुपर्ने बताएका थिए ।