रुसमा हुने विश्वकप फुटबलका लागि १२ रंगशाला तयार

1045
views

काठमाडौँ, १८ जेठ । रुसले पहिलो पटक आयोजना गर्न लागेको विश्वकप फुटबलको लागि १२ वटा रंगशाला तयार पारेको छ । राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा हुने विश्वकपको उद्घाटन र समापन खेल गर्ने तयारीका लागि ११ शहरमा १२ रंगशाला तयार गरेको हो ।

यो विश्वकै महंगो रंगशालामा पर्छ । यहि जेठ ३१ देखि सुरु हुने विश्वकप फुटबल प्रतियोगिता सञ्चालन हुदैछ ।

८० हजार दर्शक क्षमताको यो रंगशाला सबैभन्दा धेरै दर्शक क्षमता भएको रंगशाला पनि हो । यो रंगशाला तयारीको लागि रसिया सरकारले चार सय मिलियन डलर अर्थात् ४२ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी काजान एरिना, इकाटेरिनबर्ग एरिना, फिस्ट ओलम्पिक, कालिनीगार्ड, स्पार्टक, समरा एरिना, रोस्टोभ एरिना, मोर्डि्भिया एरिना, निम्जी नोभ्गोरोड, सेन्ट पिटर्सवर्ग र भोल्गोग्राड एरिना रंगशालामा विश्वकपका खेलहरु हुनेछन् ।

प्रत्येक रंगशालामा कम्तिमा पनि ४ वटा खेल हुने गरी तालिका मिलाइएको छ । जुन १४ देखि जुलाई १५ सम्म सञ्चालन हुने विश्वकप फुटबलमा विश्वका ३२ राष्ट्रले भाग लिँदैछन् ।