“एक सर्को धुँवामा रूमलिएको जीबन’’

1195
views

साहसिको एकमात्र चाहना, सफलता को प्रतिक जस्ता उत्तेजित विज्ञापनले आम मानिसलाई यो खाएपछि साहस आउँछ भन्ने मनोभावनाको विकास गरेको छ, जस्ले किनेर खाने गर्दछन् । साथी संगत, चिन्ता, फ्रस्टेशन, फैशन आदिका कारण यो धुम्रपान अझ बढ़ी युवा माझ फष्टाएको छ । बिश्वमा धूम्रपान ठुलो समस्या एवं चुनौतीको विषय भईरहँदा पनि यसको सेवन गर्नेको संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ, विशेषत एकछिनको आनन्द मिल्ने, आफूलाई अहम हुन आवश्यक ठान्ने हुँदा युवा बर्गमा झन यसले ठूलो प्रभाव पारेको देख्न सकिन्छ । धुम्रपान एक किसिमको दुर्ब्यसनि, ‘लत’ हो । जसले विभिन्न खालका रोगहरु निम्त्याउने गर्दछ । चुरोट बीड़ी, ककड़, हुक्का, सुर्तीजन्य पदार्थ विभिन्न नाम दिएपनि यसको मुख्य काम धुम्रपानको धित मार्ने एवं धुँवा नै निकाल्नु हो ।

‘विश्व तम्वाकु निषेध दिवस’ अथवा अन्तराष्ट्रिय धुम्रपान विरुद्धको दिवस’ (World No Tobacco day) प्रत्येक वर्ष ३१ मई को दिन मनाउने गरिन्छ । तम्बाकु, धूम्रपानबाट हुने नोकसान, असरको अवस्था देखेर हरेक साल १९८७ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सदस्य देशहरुले एक प्रस्ताव पारित गर्यो, जसद्वारा ७ अप्रैल, १९८७ को दिन यस दिवस मनाऊने फैसला भयो तर यसपछि हरेक ३१ मईको धुम्रपान निषेध दिवस मनाऊन थालियों । विश्व स्वास्थ्य संगठनको सदस्य देशहरुले ३१ मई का दिन निर्धारित गर्यो कि धुम्रपानको सेवनले असर, हानि र खतराको बारेमा विश्व जनमानसमा अवगत गराउँदै यसको उत्पादन, खरीद, विज्ञापन एवं सेवनको कम कसरी गर्न सकिन्छ । त्यो दिशामा आधारभूत कार्वाही, जवाफदेहि गर्न यस्ता खालका दिवसहरु बर्षेनि मनाउँदै जनचेतना जगाऊन थालियो ।

सुर्तीजन्य पदार्थमा करीब ४ हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरु पाइने गर्दछ जस मध्ये २ सय देखि ४ सयसम्म साह्रै हानिकारक रसायनहरु हुन्छन् । सुर्तीजन्य पदार्थमा करीब ६० थरीका प्राणघातक क्यान्सर गराउने तत्वहरु हुन्छन् । जसलाई क्यान्सरको कारक तत्व पनि मानिन्छ । खासगरी सुर्तीमा खोटो र कार्बनमनोअक्र्साईड, निकोटिन जस्ता प्राणघातक रसायनहरु पाईन्छन् भने निकोटिन जस्तो धूम्रपानको लत लगाउने तत्व पनि पाईने गर्दछ । करीब ८७५ फोक्सोको क्यान्सरको एकमात्र कारण धूम्रपान हुने गरेको छ ।
सुर्तीजन्य पदार्थको सन्दर्भ यसको असरबारे (डब्लुएचओ)ले भनेको छ–सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरु लाग्न सक्दछन् । विश्वमा धूम्रपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ, विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसहरुको मृत्यु हुन्छ । जसमध्ये ६ लाखको अरुले सेवन गरेको असरले मृत्यु हुने गरेको छ । यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसहरुको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरुमा हुनेछ ।
विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) को प्रतिवेदन अनुसार सन् २०३० सम्मा प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरु मात्र हुनेछन् । नेपालमा पनि प्रतिवर्ष १५ हजार व्यक्तिहरुको सुर्तीजन्य पदार्थको सेवनको कारणले मृत्यु भई रहेको छ । (डब्लुएचओ) का अनुसार नेपालमा ४९५ पुरुष र २९५ महिलाहरु धूम्रपान गर्दछन् । संसारमा १ अरबभन्दा धेरै मानिसरु सूर्तिजन्य पदार्थको सेवन गर्दछन् ।

धुम्रपानले संसारका बालबालिकामध्ये आधाले सुर्तीको धुँवाको असरले प्रदुषित हावामा सास फेर्दछन् । विश्वमा हरेक १० जना वयस्कमा १ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुन्छ । विसौं सताब्दीमा १० करोड मानिसको सुर्तीजन्य पदार्थको कारणले मृत्यु भएको थियो र हालको जस्तै अवस्था रहेमा २१ औं शताब्दीमा १ अरब मानिसको मृत्यु हुनेछ । सन् २०३० देखि हरेक वर्ष ८० लाख भन्दा धेरै मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुनेछ । यस मध्येका ८०५ मानिस नेपाल जस्तो विकासशील देशका हुनेछन् ।
धूम्रपान गर्दा मुख र घाँटी र क्यान्सर
स्तनको क्यान्सर, छाला चाउरी पर्ने, श्रवणशक्ति कमजोर हुने, दाँत बिग्रने, दम बढ्ने, खोकी लाग्ने, मुटु, कलेजो सम्बन्धी रोगहरु लाग्ने रक्तचाप बढाउने, पेट र आन्द्रामा अल्सर हुने जस्तो खालको रोगहरू लागने गर्दछ ।
धुम्रपान हानिकारक छ । यो थाहा पाउन या याद रहनका लागि अनेक सन्देश, विज्ञापन सधै हाम्रो सामु आउने जाने गर्दछ । चुरोटको पैकमा मोटोे मोटो अक्षरमा चेतावनी लेखेको हुन्छ, टीभी र फिल्ममा डराऊने चित्र, सन्देश आउने गर्दछ, टीभीको हरेक प्रोग्रामको स्क्रीनमा कहीं चुरोट खाएको सिन आयो भने तुरन्त तल सन्देस आउँछ कि धुम्रपान र तम्वाकुले क्यान्सर हुन्छ “Smoking/ tobacco kills of “Smoking is injurious to health It causes cancer” आदि ।

यसका साथसाथै सार्वजनिक स्थलमा धुम्रपान निषेध छ । होटलमा, हवाईजहाजमा, अफिस, अस्पताल अनेक ठाऊँमा धुम्रपान गर्न मनाही छ र धुम्रपान गर्यो भने फाइन (जरीवाना)दिने गर्दछ । ठाऊ ठाउँमा निषेधको नोटिस राखेर याद दिलाए पनि धुम्रपान गर्न छाडेको देखिदैन् । धुम्रपान गर्नेलाई त नोकसान छ नै सेकेण्ड हैंड स्मोकको कारण आसपासलाई पनि नोक्सान हुन्छ ।
धुम्रपान छाडनका लागि अनेक उपाय अपनाए पनि सहज छोडन गाह्रों हुने हुन्छ । समयको पालन गर्ने वा सूचि तैयार पार्ने, चुरोट खानेबेला ल्वांग, सुकमेल जस्तो चपाउनु, ब्यायाम गर्ने, कम खाँदै जाने, भरसक ब्यस्त रहने गर्दै गर्दा पनि बिस्तारै कम गर्न सकिन्छ । ठुला ठुला होडिंग बोर्ड, ब्यापक प्रचार प्रसार, स्वास्थ्य शिक्षा, ¥याली जस्तो क्रियाकलाप गरेर जनचेतना जगएर धुम्रपानलाई नियन्त्रण गर्न सकिन्छ । एक दिनको नारा, गोष्ठि, सेमिनार गरेर मात्र धुम्रपानलाई निर्मूल पार्न सकिदैन । तसर्थ हामी यो नभूलौ की आज हामीले चुरोट सल्कायर खरानी बनाएका छौं । भोली त्यही चुरोटले हामीलाई खरानी बनाउने छ ।

-सचिन्द्र श्रेष्ठ