क्रान्तिकारी माओबादीले कसलाई दियो टिकट ?

562
views

गोर्खा, १५ ,बैसाख । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओबादीले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमार्फत् आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा उमेद्वारहरु तय गरेको छ ।
गोरखा नगरपालिकाको प्रमुख पदका लागि अमृत रानालाई टिकट दिइएको छ । यस्तै पालुङटार नपाको प्रमुखमा भूमिनारायण मल्ल वा बालकृष्ण अछामीमध्ये कसलाई टिकट दिने भन्ने निक्योल भइसकेको छैन । अजिरकोट गाउँपालिकाको प्रमुख पदमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छबिलाल घले, गण्डकी गाउँपालि का प्रमुखमा राम नेपाली, पालुङटार नपा ६ को वडा प्रमुखमा रमेश क्षेत्री, सिरानचोक गाउँपालिका ७ श्रीनाथकोट वडा प्रमुखमा हरिबहादुर गुरुङलाई टिकट दिइएको हो । उमेद्वारहरु तय गरी केन्द्रमा सिफारिसका लागि पठाएको पार्टीका नेता नारायण अधिकारीले जानकारी दिए ।