माइती इण्डियाको पहलमा ८ बालक नेपाल फर्काइए

1049
views

१८ जेठ । भारतका विभिन्न ठाउँबाट ८ जना नेपाली बालकहरुको उद्धार गरिएको छ । माइति इण्डियाको टिमको पहलमा दूतावासको सहयोगमा ती बालकहरुलाई नेपाल एयरलाईन्सबाट नेपाल ल्याइएको छ । नेपालका विभिन्न जिल्लाबाट उद्धार गरिएका ती बालकहरु सन्तोष (महोत्तरी), राकेश (गुल्मी), अमन (धनुषा), हसन (महोत्तरी), म. फरिम (महोत्तरी), शंकर (बाजुरा), शिवकुमार, राजकुमार(रौतहट) रहेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्रलेखि नेपाल फर्काइएका उनीहरुलाई आवश्यक समन्वय गरिदिन अनुरोध गरेको छ । ती बालकहरुलाई उनीहरुको अभिभावकको जिम्मा लगाइने जानकारी दिइएको छ ।