पाल्पामा बस दुर्घटना हुँदा बाह्रजनाको मृत्यु

696
views

पाल्पा १८, जेठ । तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिनमा दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सहकारीको अध्ययन अवलोकनमा गएको टोली दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेकाहरुको अहिले उद्दारक कार्य भइरहेको छ । आर्यभञ्याङ्ग-रामपुर सडकखण्डको रम्भा ४ हुमिनको धारादीमा बस सडकबाट १ सय ५० मिटर तल भीरमा खसेको थियो ।

उद्दारका लागि प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकाल सहितको टोली घटनास्थल तर्फ गएको छ। जिपलाई साइड दिने क्रममा गएरातिदेखि परेको पानीका कारण कम्जोर बनेको सडक भासिदा बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ ।