पाल्पा बस दुर्घटनाः मृत्युहुनेहरुको पहिचान (अपडेट)

786
views

पाल्पा १८, जेठ । पाल्पाको रम्भामा यात्रुबस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस शुक्रबार रम्भा गाउँपालिका– ४ स्थित हुमिनमा दुर्घटना हुँदा १२ जना को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


सहकारीको अध्ययन अवलोकनमा गएको टोली दुर्घटनामा परेको हो । दुर्घटनामा परि मृत्युु हुनेमा तानपा ४ का बिष्णुुमान बज्राचार्य, तानपा ३ का देवेथलाल प्रधान र कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, तानपा ६ का शुसिल प्रसाद श्रेष्ठ, सोही वडाका कृष्ण बहादुर बोहोरा, तानपा ६ कै दुुर्गा बहादुर सारु र गिता बुुढाथोकी, तानपा–२ का लोकनाथ ढकाल, तानपा–३ का बसन्ती खाँण, अर्का एक महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बस आर्यभञ्याङ्ग–रामपुर सडकखण्डको रम्भा ४ हुमिनको धारादीमा बस सडकबाट १ सय ५० मिटर तल भीरमा खसेको थियो । उद्दारका लागि प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकाल सहितको टोली घटनास्थलतर्फ गएको छ ।