रगत अभाव हुन नदिन रेडक्रस चितवनको सक्रीयता

767
views

चितवन,जेठ २१- मेडिकल सिटीको रुपमा विकास भैरहेको चितवनमा रगतको अभाव हुन नदिन रेडक्रस चितवनले वरपरका जिल्लामा समेत गएर रगत संकलन गर्न थालेको छ । तनहुँ, लमजुङ, नवलपरासी, गोरखा, मकवानपुर, बारा, रौतहट, सर्लाही लगायतका जिल्लामा गएर रगत संकलन गर्ने गरिएको रेडक्रस चितवनका शाखा सभापति ज्ञानशाली न्यौपानले जानकारी दिए ।


‘जहाँजहाँबाट चितवनमा उपचारका लागि बिरामीहरु ल्याउने गरिन्छ मुख्यगरी तिनै जिल्ला जिल्लामा हुने रक्तदान कार्यक्रममा सहभागी हुन जान्छौं शाखा सभापति न्यौपानले भने, ‘यही कारण अहिले जिल्लामा ठूलो संख्यामा रगतको अभाव छैन ।’अघिल्ला वर्षहरुमा गर्मीको यो समयमा रगतको अभाव हुने गरेको थियो । तर, यसपटक जेनतेन धानिएको रेडक्रस चितवनले जनाएको छ । रक्तदान हुने कार्यक्रमको संख्या बढेपनि रत्तदाताको संख्या पहिला पहिलाको जस्तो उल्लेख हुन नसकेको शाखा सभापति न्यौपानले जनाए । ‘अझैं गाउँघरतिर त बिजोग नै छ, शहरबजारतिर त अल्लि अल्लि युवाहरु छन्’ शाखा सभापति न्यौपानेले भने, ‘युवाजति खाडीमा छन्, गाउँघरमा वृद्धवृद्धा र महिलाहरु मात्रैं छन् , रगत दिने समुह छैन ।’