विश्वकपको तयारीः बेल्जियमसँग ईजिप्ट र नर्वेसँग पानामा पराजित

937
views

काठमाडौं, २४, जेठ । विश्वकप फुटबलको तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा बेल्जियमसँग ईजिप्ट ३–० ले पराजित भयो ।

बेल्जियमको ब्रसेल्समा गएराति भएको खेलमा घरेलु टोलीका लागि एडिन हाजार्ड, रोमेलु लुकाकु र मराउने फेलियानीले एक–एक गोल गरे ।

जितसँगै बेल्जियमले विश्वकप अघिको अभ्यास खेलको शृङ्खलामा नयाँ उत्साह थपेको छ । बेल्जियमले कोष्टा रिका विरुद्ध यही सोमवार अन्तिम अभ्यास खेल खेल्नेछ ।

विश्वकप फुटबलको समुह जी मा रहेको बेल्जियमले समुह चरणमा इङ्ल्यान्ड, पानामा र ट्युनिसियासँग खेल्नेछ ।

विश्वकपको तयारीकै लागि गएराति खेलिएका अन्य मैत्रीपूर्ण खेलमा नर्वेले पानामालाई १–० ले हराउँदा चेक गणतन्त्रले नाईजेरियालाई १–० ले नै पराजित गरेको छ । त्यसैगरी बेलारुस र हंगेरीले भने १–१ गोलको बराबरी खेलेका छन् ।