हाम्रो विकास बैंक दश वर्षमा प्रवेश

808
views

नुवाकोट, २४, जेठ । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेर ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्दै आएको हाम्रो विकास बैंक बुधबारदेखि दश वर्षमा प्रवेश गरेको छ । विसं २०६६ सालमा रु दुई करोडबाट सञ्चालनमा आएको बैंक दश वर्षमा रु एक अर्ब ५० करोड निक्षेप संकलन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले जानकारी दिए ।

उनका अनुसार यो अवधिमा बैंकले रु एक अर्ब ४९ करोड कर्जा प्रवाह गर्दै तीन करोड ८७ लाख कमाउन सफल भएको छ । बैंक सञ्चालनको नौ वर्षमा जिल्लाको बट्टारमा मुख्य कार्यालयसहित त्रिशूली, छहरे, रातमाटे, सामरी, रानीपौवा, समुन्द्रटार र देउरालीमा शाखा कार्यालय स्थापना गरी सेवा दिँदै आएको छ । बैंकले अबको चार महिनाभित्र थप चार जिल्ला धादिङ, चितवन, तनहुँ र कास्कीमा आफ्नो सेवा विस्तार गर्न लागेको कँडेलले बताए ।

गत आव विसं २०७३-०७४ मा मुनाफाबाट बैंकले नेपाल सरकारलाइ रु एक करोड ८२ लाख आयकरबापत भुक्तान गरेको थियो भने २०७२-०७३ मा जिल्लाबाट बढी कर भुक्तान गर्ने करदाताका रुपमा नेपाल सरकारले उक्त बैंकलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको थियो ।