पेट्रोलियम पदार्थमा तत्काल वृद्धि गरिएको मुल्य फिर्ता गर्न माग

1148
views

प्रकाश सापकोटा नवलपुर , जेठ २४ नेपाल विधार्थी संघ नवलपुरले पेट्रोलियम पदार्थको मुल्य वृद्धि को विरोध गर्दै तत्काल वृद्धि गरिएको मुल्य फिर्ता गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र बुझाएको छ ।

नवलपरासी बर्दघाट सुस्ता पुर्व का सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको नेविसंघ नवलपुर का अध्यक्ष राजेश पौडेल ले जानकारी दिनुभयो । बाम गठबन्धन को सरकार बने पछि लगातार रुपमा जनताको ढाड सेक्ने गरि पेट्रोलियम पर्दाथमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिन ज्ञापन पत्रमा माग गरिएको छ । यथा शिघ्र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नलिए नेविसंघ चरणबद्द आन्दोलनमा उत्रिने नेविसंघ नवलपुरलले बुझाएको ज्ञापनपत्र मा उल्लेख गरेकोे छ ।