आदर्शमा विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइयो

740
views

 जुन – ५ विश्व वातावरण दिवसको अवसरमा आदर्श अंग्रेजी आवासिय माविका आवास तथा दिवा विद्यार्थीहरुले आफ्नो वरपरमा भएको फोहोर मैला संकलन तथा व्यवस्थापन गर्दै वातवारण सरसफाइ तथा संरक्षण विषयक कार्याशाला गोष्ठी कार्यक्रम विद्यालयका प्राङ्गणमा आयोजना गरी भव्य रुपले मनाएका छन् ।

विभिन्न किसिमका फोहोरजन्य पदार्थ तथा प्लाष्टिकहरुको प्रयोगले वातवारणमा पारेको असरका वारेमा समाजमा जनचेतन फैलाउने उद्देश्यका साथ विद्यार्थीहरुले विद्यालयमा कार्यक्रम आयोजना गरेको कुरा सहभागी विद्यार्थी समृद्ध पौडेलले बताए । 

विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्रीले अन्तराष्ट्रिय अवार्ड विजेता विद्यालयले यस्ता कार्यहरुलाई आफ्ना परियोजना कार्यका रुपमा सम्पन्न गरी अन्तराष्ट्रिय विद्यालयहरुस“ग सहकार्य गर्दै आएको कुरो बताउ“दै विद्याथीहरुले किताबी ज्ञानलाई आफ्नो जीवनोपयोगी बनाइ असल समाज र राष्ट्र निर्माण गर्ने कार्यमा समाजस“ग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोडदिदै समाजका अग्रणी व्यक्तित्व मानिने विद्यार्थी वर्गले समाज परिवर्तनमा यस्ता राम्रा कार्यहरुलाई निरन्तरता दिनुपर्ने साथै जनचेतना फैलाउने काम गर्नुपर्ने कुरा बताए । 

वातावरणको महत्व, यसको संरक्षण कसरी गर्ने भन्ने विषयमा एक कार्यशाला गोष्ठीको आयोजना गरी छलफल गरिएको  थियो । विश्व वातावरण दिवसको अवसरमा आदर्श आदर्श अंग्रेजी आवासिय माविका विद्यार्थीहरुले दैनिक वातावरण सरसफाई, सचेतना तथा संरक्षण गर्ने उद्दैश्यले इको क्लव स्थापना गरेका छन् । यस क्लवले वातावरण संरक्षणमा अहम भूमिका खेली समाजमा योगदान पु¥याउने अपेक्षा राखिएको छ ।

उक्त अवसरमा वातवारण प्रदूषितका कारण जलवायु परिवर्तन हु“दै गएको र समाजका सचेत वर्ग शिक्षक, विद्यार्थीहरुले वेलैमाथि सचेत रहनुपर्ने कुरा विद्यालयका एकेडेमिक इन्चार्ज कमल थापाले बताए । विद्यालयले यस्ता कार्यहरुलाई आगामि दिनमा समेत निरन्तरता दिने कुरा सहायक एकेडेमिक इन्चार्ज मिन बहादुर थापाले बताए ।