विश्वकप फुटबल अबको केही समयपछी सुरू हुँदै

802
views

नवलपुर ३१, संसारमा अती नै मनपराइने खेल फुटबल हाे, । त्यही फुटबलकाे घम्साघम्सी अर्थात ‘विश्वकप फुटबल प्रतियोगिता २०१८’ अब केही समयपछि रसीयामा सुरु हुँदैछ । याे विश्वकपको २१औँ संस्करण हाे ।

चार चार वर्षमा अायाेजना हुने प्रतियोगिताले एक महिना लगाएर ३२ राष्ट्रबीच ६४ खेलबाट विश्व विजेता पाउने छ । अागामी चार वर्षका लागि –विश्वविजेता बन्ने प्रतीज्ञा सहीत ७३६ खेलाडी रसीया पुगिसकेका छन् ।
रसीयाले विश्वकपका लागि सबै तयारी पूरा भएको जनाएको छ । राजधानी मस्कोमा अाज साझ औपचारिक उद्घाटन समारोहलगत्तै आयोजक रुस र साउदी अरेबियाबीच यो विश्वकपको पहिलो खेल हुनेछ ।
अायाेजक रूस उद्घाटन समाराेहलार्इ अविस्मरणीय बनाउने तयारीमा छ भने नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुने पहिलाे खेल जितेर प्रतियाेगितामा विजयी सुरूअात गर्न चाहेको छ । रसियाको जर्सी रातो र साउदी अरेबियाको सेतो जर्सी खेल्दैछन्र ।
विश्वकप फुटवलका लागि छनाेट भएका ३२ देशलाई ८ समूहमा विभाजीत गरीएका छ । हरेक समूहमा चारवटा टिम हुन्छन् । प्रतेक समूहको शीर्ष दुईमा रहने टोली अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने छन् ।
उद्घाटन स्थल ८१ हजार दर्शक क्षमता भएको लुज्निकी रंगशालामा रहेको छ भने फाइनल खेल पनि साेही रंगशालामा हुने छ ।
एक महिनासम्म चल्ने प्रतियोगिता हेर्न विभिन्न देश विदेशबाट १५ लाखभन्दा बढी फुटबल प्रेमी रुस पुग्ने अनुमान रहेको छ । विश्वभर ३ अर्बभन्दा धेरै मानिसले टेलिभिजन इन्टरनेट अन्य माध्यम मार्फत विश्वकप हेर्ने छन्र ।