काँग्रेस जम्बो टोली बालकोट पुग्दा हपारे ओलीले

700
views

काठमाडौं, १६ वैशाख । सत्तारुढ नेपाली कांग्रेसका शीर्ष नेताहरु शनिबार भक्तपुरको बालकोट पुगेका छन् । उनीहरुले त्यहाँ पुगेर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेतासँग वर्तमान राजनीतिक गतिरोध हटाउने विषयमा छलफल गरेका हुन् ।
छलफलमा कांग्रेसले संसदमा प्रस्तुत संविधान संशोधन विधेयक पारित गराउन सहयोग मागेको थियो । तर, एमालेले संविधान संशोधनमा सहयोग गर्न नसकिने जवाफ दिएको छ ।
भेटमा कांग्रेस सभापति देउवाले संविधान संशोधनमा सहयोग गर्न र सहयोग गर्न नसके संसदको प्रक्रियामा अवरोध नगर्न आग्रह गरेका थिए । कांग्रेस नेताहरुले चुनाव गराउनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका थिए ।
तर, एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा संविधान संशोधन गर्न नदिने जवाफ दिएका थिए । ओलीले एमाले विना दुई तिहाई पुर्याउन र संविधान संशोधन पास गर्न चुनौति समेत दिएको एमाले स्रोतले बतायो । साथै वैशाख ३१ को स्थानीय तहको निर्वाचन केही दिनपछि सार्न र एकैचरणमा चुनाव गराउनुपर्ने ओलीको माग थियो ।
ओलीको जवाफ सुनेपछि देउवा नेतृत्वको कांग्रेस शीर्ष नेताको टोली निराश हुँदै फर्किएको थियो ।