जिल्ला न्यायाधीशमा २२ जना सिफारिस

718
views

काठमाडौं, ९ असार । न्याय परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट २२ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । संविधानको धारा १४९ अनुसार न्याय परिषदले न्यायाधीश सिफारिस गरेको हो ।

परिषद अध्यक्ष एवं प्रधानन्यायाधीशले सिफारिस कार्यान्वयन गर्ने संवैधानिक व्यवस्था छ । सिफारिस भएकामध्ये न्याय सेवा समूहका १४ जना हुनुहुन्छ । यस्तै सरकारी वकिलबाट पाँच र कानुन समूहबाट तीनजना हुनुहुन्छ ।

सफारिसमा पर्नेमा सरकारी वकिलबाट सुदर्शन लामिछाने, टिकेन्द्र दाहाल, राजेशकुमार कटुवाल, मणिराज न्यौपाने र दुर्गा खड्का हुनुहुन्छ । यस्तै, कानुन समूहबाट खिमानन्द भुसाल, माधवप्रसाद सुवेदी र चन्द्रकान्त पौडेल हुनुहुन्छ ।

यस्तै न्याय समूहबाट वसन्तजंग अधिकारी, चाणकमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले, ध्रुवकुमार उप्रेती हुनुहुन्छ । यस्तै, देवप्रसाद योगी, दिलप्रसाद सापकोटा, श्यामलाल घिमिरे, प्रेमप्रसाद न्यौपाने, प्रल्हादकुमार योगी, दिनबन्धु बराल हुनुहुन्छ । यस्तै, दण्डपाणि लामिछाने र गीता श्रेष्ठ पनि सिफारिसमा पर्नुभएको छ । महिलाबाट सिफारिस हुनेमा गीता श्रेष्ठ, दुर्गा खड्का हुनुहुन्छ ।