माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज आउने

1106
views

काठमाडौ, ९ असार । माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ । गत चैत महिनामा संचालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।

परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी दिए ।