नेकपाका दुई पार्टी कार्यालय पर्वतमा एउटै बोर्ड

836
views

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका दुई पार्टी कार्यालयमा शुक्रबार देखि एउटै बोर्ड राखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले औपचारिक कार्यक्रम गरेर दुई कार्यालयमा एउटै बोर्ड राखेको हो ।नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमालले मैत्रीचोकमा रहेको साविकको नेकपा(एमाले)को जिल्ला कार्यालय भवन र लभ्ली डाडाँमा रहेको माओबादी केन्द्रको जिल्ला कार्यालय भवनमा एउटै बोर्ड राखेका हुन ।
उक्त कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य हमालले दुई पार्टी एक भएपनि तल्लो तहमा भावनात्मक एकता अझै कायम हुन नसेको बताउँदै सबैले पुरानो मानसिकता त्यागेर एकमना एकताका साथ सुदृढ पार्टी बनाउने अभियानमा लाग्न आग्रह गरे । ‘हिजोका सबै कुरा अब सकिएका छन’ उनले भने ‘कार्यालयमा बोर्ड एउटै भए जस्तै कार्यकर्ताको मन र मस्तिष्कमा पनि एउटै पार्टीको बोर्ड झुण्डिनुपर्नेमा उनको जोड थियो ।