ओपेकद्वारा तेल उत्पादन बढाउन पहल

835
views

काठमाडौं, ९ असार । तेल निर्यातकर्ता देशहरुको सङ्गठन ओपेकले विश्वमा तेलको अभाव देखिन थालेकाले त्यसको उत्पादनमा बढोत्तरी गर्ने निर्णय गरेको छ । अधिकांश खाडी मुलुकहरु रहेको यो संगठनले विश्वमा तेलको खपत र मागअनुसार तेल आपूर्ति गर्ने गर्दछ ।

विश्वमा उत्पादित सामान अयातमा चर्को कर लगाउने होड नै चलिरहेका बेला ओपेकले यस्तो निर्णय गर्न पुगेको हो । तर तेल उत्पादन बढाउने प्रक्रियासँगै यसको मूल्यका बारेमा भने ओपेक बोलेको छैन ।