करेण्ट लागेर पर्वतमा एक बृद्धको मृत्यु

866
views

पर्वत, ९ असा । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा करेण्ट लागेर एक बृद्धको मृत्यु भएको छ । मोदी–२ देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

थाँक्रो काट्न गएका बृद्धलाई विद्युतको थ्रिफेज लाईन छोएको रुखमा चढ्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बृद्धको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा लगिएको मोदी–२ का वडा अध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए ।