भ्रष्टाचारविरुद्ध निर्मम बन्छौं–सञ्चारमन्त्री बास्कोटा

670
views

काभ्रे, ९, असार । सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकार भष्टाचारविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने बताएका छन् । शनिबार काभ्रेको पनौती ८ मल्पीमा सहिद पार्कको अनावरण गर्दै सञ्चारमन्त्री बास्कोटाले ‘जनताद्धारा निर्वाचित शक्तिको आधारमा सरकार चल्ने र त्यो लोकतान्त्रिक हुने बताए ।

मन्त्री बास्कोटाले भष्ट्रचारविरुद्ध सरकार एक पटक होइन, हजार पटक निर्मम र अधिनायकवादी बन्न सक्ने बताए । उनले अघि भने, ‘हाम्रो देशमा भ्रष्टाचार सामाजिक मनोविज्ञान जस्तो बन्यो । त्यसलाई समाप्त गरिदिनुपर्छ ।’

जनआन्दोलन २०६२र०६३ को आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद सगुन ताम्राकारको जन्म भूमि पनौतीमा गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र सगुनको शालिक निर्माण गरिएको छ । दोस्रो जनआन्दोलनका क्रममा कलंकीमा प्रहरीले चलाएको गोली लागेर ७ वैशाखमा १९ वर्षीय सगुनको निधन भएको थियो ।