ट्युनिसियामाथि बेल्जियमको अग्रता

673
views

विश्वकप अन्तर्गत जारी समूह जीको खेलको पहिलो हाफमा ट्युनिसियामाथि बेल्जियमको ३–१ को अग्रता लिएको छ । बेल्जिमका लागि खेलको ७ औं मिनेटमा इडन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । श्याम बेन युसुफले फउल गरेपछि बेल्जियमले पेनाल्टी पाएको थियो ।

१६औं मिनेटमा रामेलु लुकाकुले १६ यार्ड टाढाबाट गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारेका थिए । ड्रिज मार्टिनको पासमा लुकाकुले गोल गरेका हुन् ।

यस्तै पहिलो हाफको इञ्जुरी समयमा लुकाकुले बेल्जियमका लागि तेस्रो गोल गरेका हुन् । थोमस मियुनरको पासमा लुकाकुले थपिएको तेस्रो मिनेटमा गोल गरेका थिए ।