यसकारण एसईईको नतिजा आउन ढिलाई

1007
views

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको दुई घण्टाभित्रमा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । दक्ष जनशक्ति अभावमा परीक्षा नियन्त्रण कार्यालयले तोकिएको समयमा नतिजा प्रकाशन गर्न नसकेको हो ।

नतिजाको डाटा व्यवस्थापनमा काम गर्ने दक्ष जनशक्तिको अभावले ढिलाइ भएको हो । कार्यालयमा गत वर्षसम्म काम गरेका इन्जिनियर सरुवा भएपछि यसवर्ष नयाँ इन्जिनियरमार्फत काम गराउँदा ढिला भइरहेको कार्यालय स्रोतले जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले केहीबेरमा नतिजा सार्वजनिक हुने जानकारी दिए। उनका अनुसारनतिजा प्रकाशनका लागि बोर्ड बैठक बसिरहेको छ ।

गतवर्षको एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए।