बेल्जियमले लियो ४–१ को अग्रता

596
views

काठमाडौ, ९ असार । फिफा विश्वकप फुटबलमा ट्युनिसियाविरुद्धको बेल्जियमले ४–१ को अग्रता बनाएको छ । मस्कोस्थित स्पार्टक रंगशालामा रोमेलु लुकाकु र इडेन हाजार्डले दुई– दुई गोल गरेपछि बेल्जियमले ट्युनिसियाविरुद्ध ४–१ को अग्रता बनाएको हो ।

ट्युनिसियाका डेलन ब्रोनले एक गोल फर्काए । खेलमा बेल्जियमले पेनाल्टी गोलबाट सुरुवाती अग्रता बनाएको थियो । बेल्जियमका इडेन हाजार्डले खेलको सातौं मिनेटमा पेनाल्टीमा गोल गरे। ट्युनिसिया बेन युसुफले आफ्नो पेनाल्टी क्षेत्रमा हाजार्डलाई लडाएपछि बेल्जियमले पेनाल्टी अवसर पाएको हो । जसमा हाजार्डले सहजै गोल गरे ।

खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई २ –० को अग्रता दिलाए । खेलको १८ औं मिनेटमा डेलन ब्रोनले ट्युनिसियाका लागि एक गोल गर्दै खेल २–१ मा ल्याएका छन् । तर, पहिलो हाफको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाएका हुन् ।

खेलको दोस्रो हाफको ५१ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ४– १ को अग्रता दिलाएका हुन् ।