गणतन्त्रको धज्जी उड्यो सरकार

469
views

नवदृष्टि संवाददाता 
चैत्र, २०, काठमाण्डौ । काठमाडौं स्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा राखिएको धर्ना कार्यक्रममा संलग्न नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि सिङ्गो लोकतन्त्रको खिल्लि उडेको छ । यसै क्रममा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहोन वैद्य किरणले एक प्रेस वक्तव्य जारी गर्दै प्रचण्ड नेतृत्वको सरकारले शान्तिपूर्ण रुपमा भएको कार्यक्रम अन्र्तगत स्थानीय निर्वाचन उपयोग गर्ने क्रममा पार्टी दर्ता, चुनाव चिन्ह तथा मतदाता नामावलीमा नाम दर्ताको विषयलाई लिएर सरकारले गरेको हस्तक्षेत्रपको विरोध जनाएका छन । 

उक्त कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष क. सीपी गजुरेल, केन्द्रीय सदस्य क. सुरेश श्रेष्ठ, क. बसन्त बोगटी, कार्यकर्ताहरु किरण नगरकोटी, बालकुमार सुनुवारका साथै नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत ४८ भन्दा बढीलाई गिरफ्तार गरी कतान्त्रिक गणतन्त्रको धज्जी उडाएको संज्ञा दिएका छन ।

किरणको वक्तव्यमा सरकारी दमन, धरपकड र मानसिक यातना दिने कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्ती मार्फत गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गरी उनिहरुले उठाएका मागहरु पूरा गर्न जोडदार माग गरिएको छ । सरकारले यस्ता गतिविधि गरे त्यसको परिणाम स्वयंसत्ता पक्षले लिनुपर्ने चेतावनी दिइएको छ ।