ट्युनिसियाबिरुद्ध बेल्जियमको शानदार जित

572
views

काठमाडौं, (, असार । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले ट्युनिसियालाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

लगातार दोस्रो जितसँगै बेल्जियमले राउण्ड अफ सिक्सटिनमा स्थान समेत सुरक्षित गरेको छ । पहिलो खेलमा बेल्जियमले पानामालाई ३-० ले हराएको थियो ।

ट्युनिसियाबिरुद्ध बेल्जियमलाई फराकिलो जित दिलाउने क्रममा रोमेलु लुकाकु र इडेन हाजार्डले २–२ गोल गरे । यस्तै, बात्सुइले १ गोल गरे ।अघिल्लो खेलमा पनि समान २ गोल गरेका लुकाकुले जारी प्रतियोगितामा ब्यक्तिगत गोल संख्या ४ पुर्‍याएका छन् ।

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले पनि प्रतियोगितामा २ खेलबाट ४ गोल गरेका छन् । समुह एचमा लगातार दुइ हार बेहोरेसँगै ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।अघिल्लो खेलमा ट्युनिसियाले इंग्लण्डसँग २-१ को हार वेहोरेको थियो ।