पर्वतकी अञ्जली र भक्तपुरका सार्थकले गरे नेपाल टपको दाबी

2754
views

पर्वत, १०, असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा पर्वत कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन् ।

छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसइइ उत्र्तीण गरेका कारण नेपाल टप गरेको बिद्यालयले दाबी गरेको हो ।

अहिले सम्म ४.०० जिपीए अंक ल्याउने बिद्यार्थी अञ्जली सहित २४ जना देखिएका छन् । ‘अञ्जलीले नेपाल टप गरेको हाम्रो दाबी छ’ विद्यालयका प्रिन्सिपल बसन्तकुमार कर्माचार्यले बताए ।

यता सुर्यविनायक स्थित भक्तपुर महेन्द्र विद्या आश्रमका छात्र सार्थक मल्ल जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले दाबी गरेका छन् । जिपिए ४ ल्याउने मल्ल नै नेपाल कै टप एसइई परीक्षार्थी भएको उनले दाबी गरे ।