पर्वतको नमुना माविका सबै बिद्यार्थी ए प्लसमा उर्तिण

1262
views

पर्वत । यस बर्षको एसइइ परिक्षामा सहभागी पर्वतको नमुना आवासिय मावि कुस्माले सबै विद्यार्थी ए प्लस मा उर्तिण गराएको छ ।

विद्यालयबाट यस बर्ष एसइइमा सहभागी ४२ जना विद्यार्थी नै ए प्लसमा उर्तिण भएका कारण मुलुककै उत्कृष्ट बिद्यालय भएको दाबी विद्यालयले गरेको हो ।

एउटै बिद्यालयका ४० भन्दा बढी बिद्यार्थी परिक्षामा सहभागी हुने र सबै ए प्लसमा उर्तिण हुने बिद्यालय भएकाले उत्कृष्ट भएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले बताए । ‘यस्तो उत्कृष्ट नतिजा कमै बिद्यालयको आउँछ’ उनले भने ‘हामीले मुलुकमै उत्कृष्ट नतिजा ल्याएका छौ ।’

नमुना आवासिय माबिका ४२ विद्यार्थी मध्ये ३.९५ जिपीएमा ५ जना , ३.९० जिपीए ६ जना, ३.८५ जिपीएमा ९ जना, ३.८० जिपीएमा १२ जना , ३.७५ जिपीएमा ५ जना, ३.७० जिपीएमा ५ जना उर्तिण भएका छन ।

यस बिद्यालय यस अघि पनि प्रदेश नं ४ को उत्कृष्ट निजी बिद्यालयको रुपमा पुरस्कृत भएको थियो ।