प्रधानमन्त्री ओली स्वदेश फिर्ता

705
views

काठमाडौँ, १०, असार । चीनको छदिने औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता हुनुभएको छ ।

प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो । प्रम ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गर्नुभएको थियो ।