पाकिस्तानमा तालिवानका प्रमुख नेता मारिएपछि नयाँ नेता चयन

756
views

काठमाडौं, १० असार । पाकिस्तानको चरमपन्थी समूह तहरिक–ए तालिवानका प्रमुख नेता मुल्ला फजलुलाहको मृत्यु भएको पुष्टी गर्दै सो समूहले आफ्ना नयाँ नेतामा मुफ्ती नुर वली महसुदलाई चयन गरेको छ ।

तहरिक–ए तालिबानका प्रमुख नेता मुल्ला फजलुलाहको हवाई हमलामा मृत्यु भएको पुष्टी सोही समूहले गरेको हो ।

मुल्ला फजलुल्लाह आफ्नो गाडीमा सवार भएको बेला ड्रोन हमलामा मारिएको पुष्टी चरमपन्थी समूह तहरिह ए तालिबानले गरेको हो ।

सोही हमलामा अन्य तीन जना सदस्य पनि मारिएका थिए । सो समूहले मुफ्ती नुर वली निकै प्रभावशाली नेता भएको जनाएको छ ।