मासिँदै यार्सागुम्बा

646
views

काठमाडौं । हिमाली जीवनबुटीका रुपमा प्रख्यात यार्सागुम्बा मासिन थालेको अनुभव यस वर्षका यार्सा सङकलकहरुको माझमा निकै आदानप्रदान भयो । यार्सा सङ्कलकहरु चिन्तित पनि देखिएका थिए ।

हरेक वर्ष हिमालमा हिउँ पग्लिएलगत्तै एकडेढ महिनाका लागि अग्ला हिमाली लेकतिर उकालो लाग्ने उनीहरुलाई यार्सा मासिन लागेको चिन्ताले निकै पिरोलेको छ । हिमालका फेदीहरुमा गुजमुज्ज परेर बसेका बस्तीका मानिसहरुको वार्षिक आम्दानीको भरपर्दो स्रोत यही यार्सा नै हो ।

तर यार्सा भने यसपालादेखि जमीनमा उम्रन छाडेको छ । बाक्लै पाइने यार्सा पातलिँदै गएको छ । स्थानीय जनता अब वर्ष्दिनभरि बाँच्ने आयस्रोत सुकेको बताउन थालेका छन् ।

जीवन बुटीका रुपमा चिनिने यार्साका बारेमा नेपालमा हालसम्म कुनै आधिकारिक अनुसन्धान पनि भएको छैन र यसको संरक्षणका लागि पहल पनि गरिएको छैन । केवल जीवन बुटी हो भन्ने र व्यापारका लागि टिप्ने बाहेक अरु केही पनि गरिएको पाइँदैन ।

यसको संरक्षण र विस्तार वा खेतीका बारेमा पनि सोचिएको छैन । झट्ट हेर्दा वानस्तीय जीवित कीराका रुपमा यसलाई जमीनबाट टिपिन्छ । यो आधा कीरा र आधा वनस्पति हुन्छ । स्थानीय सङ्कलका अनुसार जीउँदोको मूल्य बढी र मरिसकेकाको मूल्य कम पर्ने गरेको छ ।

यार्सा संकलनका क्रममा व्यापारीहरुबीच झडप र गोली हानाहानका घटनाहरु पनि हुने गरेका छन् ।