पोखरा महानगरपालिकाको बजेट ६ अर्ब ५३ करोड

782
views

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाखको बजेट विनियोजन गरेको छ । आइतबार आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले पूर्वाधार विकास, वातावरण, सामाजिक विकासलाई जोड् दिएका छन् । चालु आर्थिक वर्षमा महानगरले ४ अर्व ३ करोड रुपैयाँको बजेट ल्याएको हो थियो । चालु आर्थिक वर्षको भन्दा २ अर्व ५० करोड रुपैयाँले बढि हो ।

बजेटमा पूर्वाधार विकासतर्फ २ अर्ब २३ करोड, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३५ करोड ५१ लाख, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख, आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ३० करोड ६१ लाख विनियोजन गरेको छ । त्यस्तै पुँजी निर्माणतर्फ ५ करोड १० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ५३ करोड ८० लाख, प्रशासनिक खर्चतर्फ १ अर्ब ३२ करोड रूपैयाँ विनियोजन जिसीले सुनाए । विभिन्न कोषहरूका लागि जम्मा २१ करोड रूपैयाँ, राजस्व फिर्ता तथा प्रदेश राजस्व बाँडफाँड फिर्तातर्फ ४६ करोड रूपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

आय तर्फ ४ अर्ब ३३ करोड ७५ लाख अनुमानित वाह्य आय रहेको छ भने आन्तरिक आयर्फ १ अर्ब ६९ करोड ९० लाख, नगद मौज्दात ५० करोड समेत रहेको छ । जसमध्ये नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ ६१ करोड ४४ लाख, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदानतर्फ १ अर्ब २० करोड ४२ लाख रुपैयाँ, नेपाल सरकारबाट प्राप्त समपुरक अनुदानतर्फ ६ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त विशेष अनुदानतर्फ १५ करोड, नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँड बापत ३४ करोड ६५ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ २ करोड ७४ लाख र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडतर्फको आय ३ करोड २९ लाख रुपैयाँ रहेको छ ।

महानगरले बजेट मार्फत १२ वटा योजनालाई महानगरका गौरवका योजनाका रुपमा आगडी बढाएको छ । फेवा तथा बेगनास र अन्य सबै तालको संरक्षण योजना, ढल निकास गुरूयोजना तथा फेवाताल ढल डाइभर्सन, फेवा—बेगनास मोनो रेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई जमिन मुनी व्यवस्थापन तथा रेलिङ निर्माण, १६ किमी सडक कोर सिटीमा स्तरोन्नति, पर्यटकीय बसपार्क निर्माण, फिर्के करिडोर निमार्ण लगाएतका छन् ।