केरुङ–काठमाडौं रेलबारे प्रधानमन्त्री नै अस्पष्ट

674
views

काठमाडौं । काठमाडौंसम्म चिनियाँ रेल ल्याउने प्रारम्भिक सहमति भए पनि यसमा लगानी कसले गर्ने र कहिलेसम्म निर्माण गरिसक्ने भन्नेमा झन् अन्योल देखिएको छ । चिनियाँ रेलको चुनावी नाराले लोकप्रिय बनेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पुरानो अडानबाट पछाडि फर्केका छन् ।

हरेकजसो सार्वजनिक कार्यक्रममै दुई वर्षभित्र केरुङबाट काठमाडौंमा रेल ल्याउने अभिव्यक्ति दिदैं आएका ओली आइतबार स्वदेश फर्कने क्रममा विमानस्थलमा भने चिनियाँ रेलका सम्बन्धमा भावनात्मक कुरा गर्दै पन्छिए । ‘पहिले पूर्वसम्भाव्यता अध्ययन गरौं, त्यसपछि लगानीको कुरा गरौंला,’ ओलीले विमानस्थलमा भने, ‘काठमाडौंमा रेल पु¥याउने माओको सपना सी (चिनियाँ राष्ट्रपति) ले पूरा गर्छन् ।’

चीनले केही समयदेखि केरुङ–काठमाडौं लरेलमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ । सम्भाव्यता अध्ययनमा चिनियाँ टोलीलाई सघाइरहेका नेपाली प्राविधिकहरुले भूवनोटका कारण केरुङबाट काठमाडौं रेल ल्याउन निकै जटिल रहेको बताउँदै आएका छन् । –कारोबार दैनिकबाट