तीन दिनमा ४ अर्ब ३७ करोड खर्च !

640
views

काठमाडौं । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना ९साउन र भदौ० सम्मको पूँजीगत खर्च ४ अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो ।

आर्थिक वर्षको अन्तिम महिना असार लागेलगत्तैका तीन दिन ९३, ४ र ५० गतेको खर्च त्योभन्दा बढी अर्थात ४ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको छ ।

सरकार, योजना आयोग र संसदीय समितिहरुले पुँजीगत खर्च सुधारका लागि अघि सारेका उपाय र मापदण्डहरु यो वर्ष पनि विगतकै झैं उल्लंघन हुने निश्चितप्रायः बनेको छ । –कान्तिपुर दैनिकबाट