इङ्ल्याण्डद्धारा पानामा ६–१ ले पराजित, ह्यारी केनको ह्याट्रिक

666
views

काठमाण्डौ । विश्वकप फुटबल अन्र्तगत ईंल्याण्ड र पानामाबीच भएको खेलमा इंग्ल्याण्डले पानामालाई ६–१ गोल अन्तरले पराजित गरिहँदा ईंल्याण्डका ह्यारी केनले ह्याट्रिक गरे ।

समूह ‘जी’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामालाई जारी विश्वकपकै फराकिलो अन्तरको जितमा रसियासँग बराबरी गरेको हो । इंग्ल्याण्डका लागि कप्तान हृयारी केनले ६३ औँ मिनेटमा मैदान बाहिरिनु अघि हृयाट्रिक पूरा गरेका ।

खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका उनले पहिलो हाफको थप समयमा दोस्रो गोल पेनाल्टीमार्फत नै गरे । यस्तै उनले ६२ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे ।

रसिया विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचिमा अगाडि आएका उनी विश्वकपमा हृयाट्रिक गर्ने इंग्ल्याण्डका तेस्रो खेलाडी पनि हुन् ।

यसअघि इंग्ल्याण्डका लागि १९६६ मा जियोफ रस्ट र १९८६ मा ग्यारी लिन्करले हृयाट्रिक गरेका थिए । इंग्ल्याण्डको जितसँगै समूह ‘जी’ बाट इंग्ल्याण्ड र बेल्जियम अघिल्लो चरणमा पुगेका छन् ।