विश्वकप फुटबलमा तेस्रो चरणका खेल सुरु हुँदै, आज चार खेल

750
views

काठमाडौं, ११, असार ११ । विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन् । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने खेलमा समुह ए का रुस र उरुग्वे तथा साउदी अरेबिया र ईजिप्ट भिड्नेछन् ।

सामरा एरिनामा हुने रुस र उरुग्वेबीचको खेलले समुह विजेताको टुंगो लगाउनेछ । दुबै टोली सुरुवाती दुई खेल जित्दै राउण्ड अफ सिक्सटिनमा पुगिसकेका छन् । सोही सयममा भोल्गोग्राद एरिनामा साउदी अरेबिया र ईजिप्ट आमने सामने हुनेछन् ।

सुरुवाती दुई खेल हार्दै समुहबाटै बाहिरिएका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाको लडाई मात्रै हुनेछ । आज राति पौने १२ बजे समुह बि का दुई खेल हुनेछन् । सारान्स्क शहरको मोरदोभिया एरिनामा पोर्चुगल र ईरान भिड्नेछन् ।

दोस्रो चरणमा पुग्न पोर्चुगललाई यो खेलमा कम्तिमा बराबरी गर्नुपर्नेछ । इरानको लागि भने खेल जित्नैपर्ने दबाब छ ।

समुहको अर्को खेलमा स्पेन र मोरक्को भिड्नेछन् । मोरक्को समुह चरणबाटै बाहिरिएको छ भने स्पेन ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तोमा समूहबाट अर्को चरणमा उक्लिन स्पेनका लागि यो खेल कम्तिमा बराबरीमा सकाउनुपर्नेछ