टोल टोलमा प्रहरी अभियान

1948
views

नुवाकोट, ११ असार । जिल्ला प्रहरी कार्यालय नुवाकोटले शुरु गरेको टोलटोलमा प्रहरी अभियान अन्र्तगत जनचेतना कार्यक्रम गरेको छ । सो अभियान दुरदृष्टी, रणनीति, लक्ष्य, उदेश्यहरु अन्र्तगत भएकोले जिल्ला प्रहरी कार्यालय नुवाकोट र मातहत प्रहरी इकाईहरुले सो अभियान थालेका छन् ।

अभियान अन्र्तगत जनचेतनामुलक अभियान तथा लागुऔषध नियन्त्रण, जिल्ला भित्रमा अबैधरुपमा उम्रिएका गाजाँ र लागुऔषध सम्बन्धि थप जनचेतनामुलक कार्यक्रम संचालन गरेको नुवाकोट प्रहरीले जनाएको छ ।

नुवाकोटका सबै वडाहरुमा प्रहरीले अभियान पुर्याएको छ । अभियान अन्र्तगत घरेलु तथा लैंगिक हिंसा सम्बन्धी जनचेतनामुक कार्यक्रम, लागू औषध, बाल विवाह, महिला तथा बालबालिका विरुद्ध हुने अपराध, धुम्रपान तथा मद्यपान विरुद्ध जनचेतनामुक कार्यक्रम गरेको छ ।

यस्तै अभियान अन्र्तगत जिल्ला भित्रका विभिन्न स्थान र सवारी साधनहरुमा स्टिकर टाँस, गाजाँ फडानी र नष्ट, लागुऔष दुरुपयोग एव ओसार पसार विरुद्द जनचेतना कार्यक्रम, महिला तथा बालबालिका विरुद्द हुने हिंसा तथा दुव्र्यवहार सम्बन्धि जनचेतनामुक कार्यक्रम, अवैध घरेलु मदिरा नियन्त्रण तथा रोकथाम र चोरी सम्बन्धि जनचेतनामुक कार्यक्रम गरेको नुवाकोट प्रहरीले जनाएको छ ।