नेकपा (क्रान्तिकारी माओवादी) चितवन संगठन सुदृढीकरण अभियानमा

785
views

चितवन । नेकपा ( क्रान्तिकारी माओवादी) चितवनले नवौं जिल्ला सम्मेलन पश्चात् अहिले संगठन सुदृढीकरण र परिचालनलाई निरन्तरता दिएको छ ।

चितवनले १ न. ईलाका अन्तर्गत खैरहनीमा नगरपालिकामा ईलाका सेक्रेटरी प्रकाशको अध्यक्षतामा भेला सम्पन्न गरेको छ । यस्तै ३ नं प्रदेशमा सदस्य बिपिनको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।

भेलाले समीर बस्नेतको संयोजकत्वमा सहसंयोजक संगम दराइ, सचिव अभिषेक बुर्लाकोटी, सह–सचिव कुमार गुरुङ रहने गरि ११ सदस्यीय क्रान्तिकारी युवा लिग खैरहनी नगरसमिति निर्माण गरेको छ ।

नगर समितिका सदस्यहरुमा रोहन चौधरी, धिरज कुवँर, विप्लव लामिछने, रविन श्रेष्ठ, सुजन गिरि, इन्द्र खतिवडा रहेका छन् ।

भेलामा ३ न. प्रदेश सदस्य बिपिन, विद्यार्थी केन्द्रिय सचिवालय सदस्य अमृत चपाँइ, क्रान्तिकारी युवा लिगका ३ न. प्रदेश सदस्य एवं चितवन जिल्ला संयोजक रामचन्द्र बिक लगायतले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।

कार्यक्रमा प्रदेश सदस्य एवं जिल्ला कार्यलय सचिव दिवाकर न्यौपाने, जिल्ला सल्लाहकार सदस्य रामेश्वर खनाल लगायतको विशेष उपस्थिति रहेको थियो ।