उरुग्वेको अपराजित यात्रा कायमै

650
views

काठमाडौं । विश्वकप फुटबलमा उरुग्वे अपराजित रहदै समुह ए को बिजेता बनेको छ । यसअघि नैं दोस्रो चरणमा ठाउँ बनाइसकेको उरुग्वे र रुसबीच हिजो भएको समुहको अन्तिम खेलमा उरुग्वे ३–० ले विजयी भयो । खेलमा उरुग्वेका लागी लुइस सुवारेजले पहिलो गोल गरे ।

फ्रि किक प्रहारमा रुसका गोलपिकरले ठम्याउन नसक्दा सुवारेजले सुरुवाती गोल गरेका हुन् । २३ औं मिनेटमा उरुग्वेका डिएगो लेक्साटको प्रहार रुसका डेनिस चेरिसेभको खुट्टामा ठोक्किँदै जाली चुम्न पुगेपछि उरुग्वेले आफ्नो अग्रता दोब्बर पार्यो ।

३६ औं मिनेटमा स्मोल्नीकोभले दोहोरो पहेलो कार्ड खाएपछि घरेलु टोली १० जनामा समेटियो । अन्तिम मिनेटमा उरुग्वेले अर्को एक गोल थप्यो ।

उसका लागि एडिन्सन काभानीले गोल गरेका हुन् । खेल ३–० ले जित्दै उरुग्वेले समुह विजेताको रुपमा अर्को चरणमा स्थान बनायो ।