कानुन व्यवसायीद्वारा राजविराज इजलास बहिष्कार

687
views

सप्तरी, १२, असार । कानुन व्यवसायीहरुले उच्च अदालत जनकपुरको राजविराज इजलास बहिष्कार गरेका छन् ।अदालतबाट भएका फैसला र इजलास न्यायसंगत नभएको भन्दै मंगलबार अदालतको राजविराज इजलास बहिष्कार गरेका हुन् ।

नेपाल बार एशोसिएसनको राजविराज इकाइबाट लिखित निर्णय गरेर कानुन व्यवसायीहरुले इजलास बहिष्कार गरेका हुन ।