सुन तस्करी प्रकरणः बिहे पार्टीबाट व्यापारी राजु द्वारका पक्राउ

530
views

काठमाडौं, १२, असार । ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा आफ्नै छोराको बिहे पार्टी चलिरहेको बेला व्यापारी राजु द्वारका पक्राउ परेका छन् । सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले द्वारकलाई हिमालयन होटलबाट सोमबार साँझ पक्राउ गरेको हो ।

हुन्डी र सुन तस्करीमा समेत उनको संलग्नता देखिएको छानविन समितिका एक सदस्यले बताए । यस अघि व्यापारी विमल पोद्दार पक्राउ परिसकेका छन् ।