सर्वियामाथि सहज जित निकाल्दै ब्राजिल अन्तिम १६ मा

782
views

काठमाडौं १४ असार । रुसमा जारी फिफा विश्वकपको समूह ’ई’ अन्तरगत बुधबार रातिको खेलमा सर्बियामाथि सहज जित हात पार्दै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । सर्बिलाई २–० ले हराउँदै ब्राजिल समूह विजेता बन्दै प्रिक्वाटर फाइलनमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

ब्राजिलको जितका लागि मिडफिल्डर कोउटिन्होले ३६ औं मिनेटमान गोल गरे भने थिएगो सिल्भाले ६८ औं मिनेटमा गोल गरे । खेलमा ब्राजिलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै निरन्तर आक्रमण गरेको थियो ।

स्विट्जरल्याण्ड उपविजेता

समूह ’ई’ कै अर्काे खेलमा स्विट्जरल्याण्डले कोस्टारिका सँग २–२ को बराबरी खेली समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

खेलमा स्विट्जरल्याण्डले २ पटक अग्रता बनाएको थियो । ब्लेरिम जेमइलीको गोलबाट अग्रता बनाएको स्विट्जरल्याण्ड पहिलो हाफसम्म १–० ले अगाडी थियो । ५६ औं मिनेटमा कोस्टारिकाका लागि डिफेन्डर केन्डल वाट्सनले बराबरी गोल गरे ।

खेलको ८८ औं मिनेटमा जोसिप डर्मिकले गोल गरी पुन अग्रता बनाए पनि ९० मिनेटपछिको अतिरिक्त समयमा स्विट्जरल्याण्डका योन सोमर मार्फत कोस्टारिकाका लागि आत्मघाती गोल उपहार पाएपछि खेल २–२ को बराबरीमा सकियो ।

प्रिक्वाटर फाइलनमा ब्राजिलले समूह एफ को उपविजेता उत्तर अमेरिकी टोली मेक्सिकोलाई प्रतिद्वन्द्वी पाएको छ । भने स्विट्जरल्याण्डले समूह विजेता स्वीडेनको सामना गर्ने भएको छ । कोस्टारिका र सर्बिया भने प्रतियोगिताबाट बाहिरिएका छन् ।