पाँच रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु धादिङबेँशी

580
views

काठमाडौँ, १४, असार । धादिङ सदरमुकाम धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज बिहान ९ बजेर ५२ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रप्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको प्रमुख अधिकारीले बताए ।