धादिङ पहिरोमा परी पाँच जनाको मृत्यु, दुई जना बेपत्ता

925
views

धादिङ । धादिङको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएको पहिरोमा परी पाँचजनाको मृत्यु भएको छ । गएराती गएको पहिरोमा परी दुईजना बेपत्ता भएका छन् । पहिरोले सात घर पुरिएको छ भने चारजना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

दुई दिनदेखि परेको अवीरल वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको छ ।

त्यस्तै खनीयावास गाउँपालिका–४ का ६५ वर्षीय शमशेर घले र ६२ वर्षीया कोप्ची घलेको पनि पहिराले बगाउँदा मृत्यु भएको छ । उनीहरुको शव आज (बिहीबार) विहान पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।