नेपाल वायु सेवा निगमको वाइडबडी जहाज काठमाडौंमा अवतरण

807
views

काठमाडौं – राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी जहाज काठमाडौमा अवतरण गरिएको छ । यूरोपेली जहाज निर्माता कम्पनी एयरवसले निमार्ण गरेको उक्त जहाज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो ।

अन्नपूर्ण नामाकरण गरेको जहाजको सिट क्षमता २७४ रहेको उक्त जहाजलाई नेपाल नागरिक उड्यान प्राधिकरणले ९ एन–एएल वाई कल फाइन नाम दिएको छ ।

सो जहाजलाई १० करोड ४८ लाख अमेरिकी डलरमा किनिएको निगमले जनाएको छ । पहिलो उडान कतारको दोहामा हुने स्रोतले बताएको छ ।