व्यावसायिलाई करको दायरामा ल्याउन सुरु

1165
views

रामकृष्ण लामिछाने
पर्वत, १४ असार । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतले आगामी आर्थिक बर्ष ०७५-०७६ मा यहाँका सवै व्यवसायीहरुलाई करको दायरमा ल्याउन सुरु गरेको छ ।

कार्यालयले बुधबार कुश्मा बजारमा सञ्चालित खुद्रा तथा थोक डिलर पसलहरुमा पेयपदार्थ, सुर्तीजन्य, होटल, किरान पसलहरुमा अनुगमन गरेको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतका कोष नियन्त्रक भरत भुजेलको संयोजनमा अनुगमन गरिएको हो ।

अनुगमनमा कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक, जिल्ला प्रशासन कार्यलय, उद्योग बाणिज्य संघ, पत्रकार, उपभोक्ता मञ्च, जनपथ र ससस्त्र प्रहरीका प्रतिनिधिहरुको सहभागिता थियो । कोष नियन्त्रक भरत भुजेलका अनूसार अनुगमनका क्रममा बिक्रीमा विल जारी नगर्ने, पान दर्ता प्रमाणपत्र तथा करपाटी कारोबार स्थलमा नराख्ने, आय विवरण तथा मूल्य अभिवृद्धि कर विवरण दाखिला नगर्ने र अन्य कानुनी दायित्व पूरा नगरेको पाइएको थियो ।

कार्यलयका कोष नियन्त्रक प्रमूख नवराज सापकोटाका अनूसार आगामी आर्थिक बर्षमा करको दायरामा नआउने व्यवसायी र्फमहरुलाई कार्वाही सहित खारेज पनि गरिने भएको छ । सापकोटाले भने,‘यो हाम्रो सचेतन र जानकार गराउँने अभियान हो । त्यस्ता व्यापारीलाई आवश्यक प्रक्रिया पूरा गर्न भनिएको र केहीलाई जरिवानासमेत गरिएको कार्यालयले जनाएको छ ।